पूर्वमन्त्री सोनेलाल राय यादवको तेस्रो स्मृति दिवस सम्पन्न (फोटोफिचर)


काठमाडौं, ८ भदौ । पूर्व गृह सहायकमन्त्री सोनेलाल राय यादवको तेस्रो स्मृति दिवस आयोजना गरिएको छ । पूर्वमन्त्री रायको तेस्रो पु०यतिथिको अवसरमा आज (शुक्रबार) सोनेलाल स्मृति प्रतिष्ठान, सर्लाहीले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

सो सभामा प्रमुख अतिथिको रुपमा खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले स्वर्गी रायको बारेमा चर्चा गरेका थिए । मन्त्री यादवले स्वर्गीय राय देशभक्त राजनीतिज्ञ रहेको उल्लेख गरेका थिए । उ

नले सोनेलाल राय यादवले जिल्लाको समग्र विकासमा पुर्याएको योगदानको पनि मुक्तकण्ठले प्रशंसा गरेका थिए । सो अवसरमा रायका छोराहरु रामगोपाल राय यादव र लालबाबु राय यादवले बुवाको योगदानको बारेमा चर्चा गर्नुको साथै बुवाले छोडेको पदचाप र पथलाई सधैं पछ्याउने विश्वास दिलाएका थिए ।