उपेन्द्र यादवको नाममा फेक फेसबुक पेज बनाएर अश्लिल सामाग्री पोष्ट गर्नेलाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोमा उजुरी


काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको नाममा फेक फेशबुक पेज खोली अश्लिल सामाग्री पोष्ट गरेकालाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

यादवका निजी सचिव महेश चौरसियाले आज (बुधबार) ब्यूरोमा पुगेर अध्यक्ष यादवको चरित्र हत्या गरी बदनाम गर्नेहरुलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् ।

उनले दिएको जाहेरीमा भनिएको छ–‘माननीय उपेन्द्र यादवज्यूको नाम, थर र तस्बिर प्रयोग गरी कुनै अज्ञात व्यक्ति÷समूहले सामाजिक सञ्जाल फेसबुकमा फेक पेज आईडी बनाई यही भाद्र १३ गते विहान उक्त पेजको स्टोरीमा अपरिचित महिलाको अश्लिल फोटोहरु अपलोड गर्दै माननीयज्यूको चरित्रहत्या गरी बदनाम गर्ने दुस्प्रयास गरेकोले उक्त फेक पेजको युआरएल आईडी को आधारमा अनुसन्धान गरी त्यस्तो अभद्र एवम् अश्लिल कार्यमा संलगन दोषीमाथि यथाशिघ्र कारबाही प्रक्रिया बढाउन अनुरोध गर्दछु ।’