नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने


काठमाडौं, भदौ १५। राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । बर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारीमा रहेका उनी यस अगाडिको कार्यकालमा स्वास्थ्य विभाग प्रमुख भएका थिए ।

नेशनल प्याब्सनका हरेक कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागी हुने उनी मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रिन्सिपल हुन् । उनले अँग्रेजीमा एमफिल सकेर पिएचडी गर्दैछन् ।

विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका छन् । उनी प्याब्सकको अध्यक्षसमेत हुन् । यही भदौ २७ गते सोल्टी होटलमा काठमाडौं जिल्ला समितिको आठौं अधिवेशन हुँदैछ ।