त्रिवि क्रिकेट मैदानमा ‘फ्लडलाइट’ जडानको माग गर्दै अनेरास्ववियुको र्‍याली (फोटोफिचर)


काठमाडौं, भदौ २४ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न माग गर्दै अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले आइतबार राजधानीमा र्‍यालीको आयोजना गरेको छ ।

कमिटीले कीर्तिपुरस्थित क्रीकेट मैदानमा फ्लडलाइट जडान नगर्दा खेलाडीलाई समस्या भएको भन्दै लाइल राख्नुपर्ने मागसहित र्‍याली निकालेको हो।

र्‍यालीमा सहभागीले ‘विश्वले चिनेका खेलाडीलाई नेपालले चिनेन’,’आवर फाइट फर लाइट’,’सरकार शिरमा खेलाडी पीरमा’लगायतका पम्प्लेटकोकी नारावाजी गर्दै त्रिचन्द्र क्याम्पसदेखि रत्नपार्क-रानीपोखरी-जमल हुँदै घण्टाघर पुगेका थिए।

सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्ने रणनीति अनुसार आर्थिक वर्ष २०८०-८१ को बजेट त्रिवि मैदानमा फ्लडलाइट जडान गर्ने घोषणा गरेको थियो ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

Skip This