नेम्वाङको पार्थिव शरीर दिनभरि पार्टी कार्यालयमा राखिने, यस्तो छ तयारी (फोटोफिचर)


काठमाडौं, भदौ २६ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि पार्टी कार्यालयमा राखिने भएको छ ।

हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको हो ।

पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार अष्ट्रेलिया र बेलायतबाट छोरा आएपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने छ ।

सपरिवार बेलायत बस्दै आएका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो चार बजे बेलायतबाट नेपाल आइपुग्दै छन्।

त्यस्तै, १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ आज राति ११ बजे नेपाल आईपुग्ने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए। नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालय च्यासल लैजाने तयारी भईरहेको छ । नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

Skip This