काठमाडौं, २७ भदौ । नेपालको सबैभन्दा ठुलो इलेकट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । चाडपर्वको प्रवद्र्धनका लागि ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ योजना ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार योजना अन्तरगत सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नेछन् । उक्त योजना यही भाद्र २५ गतेदेखि नेपाल अधिराज्यभरि लागू गरिएको कम्पनीले जनाएको छ ।
योजनाका अन्य आकर्षणमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सकिनेछ ।
यो योजनामा उल्लेखित अफरहरू तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सीजी ब्राण्डका सबै इलेकट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याक्युम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् ।




प्रतिक्रिया