शिक्षा विधेयक फिर्ता गरेर नयाँ ढंगले ल्याउन प्रभु साहको माग


काठमाडौं,१९ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका साहले यो विधेयकले मुलुकमा देखिएका समस्याहरु हल गर्न नसक्ने भन्दै नयाँ विधेयक ल्याउन माग गरे ।

‘यो विधेयकले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्छ जस्तो मलाई लाग्दैन। अहिले पनि कयौं बालबालिकाहरु विद्यालयभन्दा बाहिर छन्। उनीहरुलाई कसरी विद्यालयमा ल्याउने भन्ने कुरा पनि विधेयकमा देखिँदैन’, उनले भने, ‘कयौं विद्यालय अवैधानिक ढंगले चलिरहेका छन्। त्यसलाई वैधानिक बनाउने कुनै सोच देखिँदैन। उत्पादनमूलक बनाउने सोच पनि देखिँदैन। विधेयकका लागि विधेयक ल्याएर कुनै काम छैन। त्यसैले यो विधेयकलाई फिर्ता गरेर नयाँ ढंगले ल्याउन म आग्रह गर्दछु। यदि त्यो फिर्ता गर्न सकिँदैन भनेर त्यसमा ग्रेड डिबेट चलाएर गुणात्मक बदलावका साथ अगाडि बढाउनु पर्छ।’

Skip This

Omoda E5 Pro