कांग्रेसले स्थगित गर्यो तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम


काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसले तिहारअघिका सबै पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगित गरेको छ ।

जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा भूकम्पका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम बाहेक अन्य पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरिएको हो ।

‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ,’– मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्नसमेत अपिल गरेको छ ।

Skip This