माओवादीसँग एकता गर्न बाबुरामको नेतृत्वमा ६ सदस्यीय संयोजन समिति बनाउने नेसपाको निर्णय


काठमाडौं,६ मंसिर । डाबाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेको छ ।

आज बसेको नेसपाको केन्द्रीय समितिको बैठकले अध्यक्ष डा। बाबुराम भट्टराईको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।

बृहत समाजवादी केन्द्र निर्माणका लागि नेकपा माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकतारध्रुवीकरण संयोजन समिति बनाएको नेसपाले जनाएको छ ।

Skip This

Omoda E5 Pro