लेखा समितिले एनसेल प्रकरणमा सोधेको प्रश्नमा कम्पनी रजिष्ट्रारको कार्यालयले दियो जवाफ (जवाफसहित)


काठमाडौं,२० मंसिर । मलेसियामा रहेको आजियाटा कम्पनीले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बेचेर बाहिरिने निर्णय र सेयर कारोबारको सम्बन्धमा सार्वजनिक लेखा समितिले सोधेको प्रश्नमा कम्पनी रजिष्ट्रारको कार्यालयले जवाफ पेश गरेको छ ।

संघीय संसद अन्तर्गतको लेखा समितिले कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाउन गरेको पत्राचारको जवाफ आज पठाएको हो । जवाफमा उसले एनसेलको सेयर कारोबारको सम्बन्धमा आफूलाई केही जानकारी हुन नआएको दाबी गरेको छ ।

कम्पनी रजिस्टार दीपककुमार पहाडीले लेखा समितिलाई जवाफ लेखेका छन्, ’यस कार्यालयमा अभिलेख भएको एनसेल आजियटा लि को शेयरधनी दर्ता किताबमा उक्त कम्पनीमा ८० प्रतिशत रेनोल्ड होल्डिङ्स लि को नाममा रहेको देखिएको र सो शेयर खरिदबिक्री सम्बन्धी कुनै पनि कागजात यस कार्यालयमा पेश नगरेकाले सो सम्बन्धमा आधिकारिकता थाहा नभएको व्यहोरा अनुरोध छ ।’

समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यथाशीघ्र जवाफ फर्काउन निर्देशनसहित ९ बुँदामा प्रश्न सोधेको थियो ।

यस्तो छ कम्पनी रजिष्ट्रारको कार्यालयले लेखा समितिलाई पठाएको जवाफ

Skip This

Omoda E5 Pro