काठमाडौं, २९ मंसिर । क्रियशन क्राफ्टका सञ्चालक अशोकराज पाण्डे उत्कृष्ट शिसाजन्य हस्तकला निर्यातकर्ता बनेका छन् । १२औं हस्तकला दिवसका अवसरमा नेपाल हस्तकला महासंघद्वारा आयोजित २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको अवसरमा पाण्डेलाई उत्कृष्ट शिसाजन्य हस्तकला निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो ।
उक्त समारोहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको बताएका थिए ।
साथै, राष्ट्रपति पौडेलले हस्तकला व्यवसाय कृषिपछि देशमा बिस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र भएको बताए । उनले युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन आवस्यक रहेको बताए ।










प्रतिक्रिया