‘धोती दिवस’ मनाउन गएकी सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ


काठमाडौं,१६ पुस । राष्ट्रिय धोती दिवस मनाउन भन्दै माइतीघर भेला भएकी सामान्य प्रसाशनमन्त्री अनिता देवी साह पक्राउ परेकी छन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ को अवसर पारेर धोती दिवसको र्‍याली निकाल्दा प्रहरीले हस्तक्षेप गर्दै उनलाई पक्राउ गरेको हो ।

सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्। 

प्रहरीले सो पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहसहित ६३ जनालाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ।  Photo by: Mukunda Kalikote/RN

Skip This

Omoda E5 Pro