काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा पक्राउ


काठमाडौं, १९ पुस । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् । प्रहरीले फरार भएका थुनुवा विमल खड्कालाई आज विहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको हो ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले उनलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाका क्रममा उनलाई अदालतमा उपस्थित गराइएको थियो । सो क्रममा उनी अदालत परिषरबाट प्रहरीको आँखा छल्दै हत्कडीसहित फरार भएका थिए ।