‘फुर्सदिला गृहमन्त्री संसदीय समितिमा आउँदैनन्, हिरासतमा राखेको मान्छे छुटाउन पुग्छन्’


काठमाडौं,१९ पुस । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद थापाले गृहमन्त्री श्रेष्ठले समितिको बैठकलाई महत्व नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले गृहमन्त्री श्रेष्ठ बरु हिरासतमा रहेका मान्छे छुटाउन जाते तर,बैठकमा नआउने भन्दै कटाक्ष गरेका छन् ।

‘गृहमन्त्री फुर्सदिलो देख्छु। संसदीय समितिमा समय नदिने, तर हिरासतमा प्रहरीले राखेको मान्छे छुटाउन चाहिँ सक्ने ?’, उनले भने,‘कहाँ हो मन्त्रीहरूसँग हामीले सवाल जवाफ गर्ने ठाउँ ?’। file photo

Skip This

Omoda E5 Pro