राष्ट्रपतिले बाेलाए संसदीय दलका सबै नेतालाई शीतलनिवास


काठमाडौं, माघ १ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् । माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न बिहान ११ बजे घीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई शीतल निवास बोलाईएको बताइएको छ ।

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ।