काठमाडौं, १ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार असफल र असक्षम प्रमाणित भएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार असफल भएको र नेपाली जनताले घोषणा गर्नमात्रै बाँकी रहेको बताएका हुन् ।
‘यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ । सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न सकेन,’– उनले भने ।
महासचिव पोखरेलले सरकारकै असक्षमताका कारण अतिवादीहरुले टाउको उठाउने अवसर पाएको बताए । उनले सरकारको असक्षमताको कारण विदेशीहरले नेपाललाई क्रिडास्थलको रुपमा प्रयोग गर्न खोजेको समेत आरोप लगाए । File photo/RN




प्रतिक्रिया