काठमाडौं,२ माघ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाई ज्ञापनपत्र बुझाउँदै रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठ र सचेतक निशा डाँगीले सवारी दुर्घटना न्युनिकरणका लागि काम गर्न आग्रह गरेका छन् ।
‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ?,’सुमनाले सरकारसँग तथ्यांक पेश गर्दै भनिन्, ‘यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’
‘माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गयो, ३३ जना घाइते भए। त्यसअघि र पछि पनि नियमितजस्तो सवारी दुर्घटना भइरहेका छन्। र, हामीलाई दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको छ’। राव्पाले ज्ञापनपत्रमा भनेको छ ।
यो वर्षको मंसिरसम्म मात्र देशभर साना-ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांक छ। जसमा ९ सय १६ जनाले ज्यान गुमाए। दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका रास्वपाको भनाइ रहेको छ ।
दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य वारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नभएको रास्वपाको आरोप छ । ‘दुर्घटना न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाउनु त कहाँ हो कहाँ दुर्घटनाले सामाजिक र आर्थिक रुपमा के कस्तो असर पुऱ्याइरहेको छ भन्नेबारे सामान्य अध्ययन पनि गरिएको छैन’ रास्वपाले भनेको छ । ‘तसर्थ, सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न बाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीज्यू समक्ष आग्रह गर्दछु’ । रास्वपाले भनेको छ ।
यस्तो छ रास्वपाको ध्यानाकर्षण पत्रको पूर्णपाठ





प्रतिक्रिया