क्रिकेट खेलाडीलाई एनआरएनएको १० लाख रुपैयाँ सहयोग


काठमाडौं, माघ ७ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले बताए ।
सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एक करोड २५ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको जानकारी दिएको छ ।