काठमाडौं,९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सरकारलाई ४० बुँदे मागपत्र बुझाउँदै आन्दोलनको सुरुवात गर्ने भएको छ ।
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आज राप्रपाले देशैभरी प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आफ्नो मागपत्र बुझाउने कार्यसूची रहेको छ ।
राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ ।
राप्रपाले आज दबावमूलक र्याली गर्दैछ । श्रेष्ठका अनुसार र्याली दिउँसो १२स्३० बजे भृकुटीमण्डपबाट शुरु हुने र्याली भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुग्ने, भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । भृकुटीमण्डपमा हुने सभालाई प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष लिङ्देन लगायतका नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया