राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरु)


काठमाडौं,२१ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले शपथ लिएका छन् ।

सोमबार संघीय संसद भवनको ल्होत्से हलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदलाई पद तथा गोपनियताको शपथ दिलाएकी हुन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।

गत माघ ११ गते राष्ट्रिय सभाको १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन भएको थियो । ११ माघमा भएको निर्वाचनमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा निर्वाचित भएका थिए ।

तस्बिरहरु- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल

Skip This

Omoda E5 Pro