राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगे गृहमन्त्री लामिछाने (LIVE)


काठमाडौं, १४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् । गृह मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउन भन्दै समितिले उनलाई पत्र काटेको थियो ।

समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री लामिछानेसहित गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई समेत आजको बैठकमा बोलाएका छन् ।