काठमाडौं, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।
जारी केन्द्रीय समितिको बैठकमा रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । अनुशासन आयोगले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकमा अहिले सोही विषयमा छलफल जारी छ ।
गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । आयोगको सिफारिसमाथि दुई घण्टा छलफल गरेर आजै केन्द्रीय समितिले कारबाहीबारे निर्णय गर्नेछ।
महामन्त्री ढकालले बुधबारको बैठकमा आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग पार्टीले अस्विकार गरेपछि मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए।




प्रतिक्रिया