भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार


काठमाडौं । सरकारले भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपालीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरेको जानकारी गराएका छन्।

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय रहेको उनले बताएका छन्।

‘मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !’

Skip This

Omoda E5 Pro