जेलमा १५० विदेशी रहेको अफगानिस्तानको भनाइ


काबुल, १६ भदौ । अफगानिस्तानको जेलमा करिब १५० जना विदेशी नागरिकलाई राखिएको त्यहाँको कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

“हाल अफगानिस्तानको जेलमा छली तथा जालसाजीलगायत विभिन्न अपराध गरेको अभियोगमा करिब १५० जना विदेशी थुनिएका छन्”, प्रशासनका कार्यवाहक प्रमुख मौलवी मोहम्मद युसुफ मुस्तारीले भने, “उनीहरू छिमेकीमुलुक लगायत विभिन्न देशबाट अफगानिस्तान आएका समय पक्राउ परेका हुन् ।”

मुस्तारीले भने, “अहिले आठदेखि नौ हजार अफगानी नागरिक विदेशका जेलमा छन् भने र तीमध्ये अधिकांश इरानमा छन्।

अधिकारीका अनुसार अफगानिस्तानका नागरिक इरान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानलगायत देशका जेलमा छन् । मुस्तारीका अनुसार अफगानिस्तानको जेलमा हाल एक हजार महिलासहित करिब ११ हजार व्यक्ति रहेका छन् । रासस

Skip This