रूकुम, १५ बैशाख । रुकुमको आठबीसकोट न.पा.९को घेत्मा पर्ने छेपारेबाट रारी तिर जाँदै गरेको जिप पिपलचौर नजिकै दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा २ जनाको मृत्युु भएको छ । उक्त जीपमा कति जना सवार थिए भन्ने आधिकारिक जानकारि अझैसम्म प्राप्त भएको छैन । घाइते भएका ११ जनालाई जाजरकोट जिल्ला हस्पिटल पठाइएको र ३ जना घाइते रूकुम रारी पठाइएको छ ।
खलासि र जिप ड्राइभर फ्रारर भयको र अझैसम्म जिप यातायात ब्यबसायी संघको कुनैपनी ब्यक्ति सम्पर्कमा नआएकोले आधिकारीक जानकारी नआएको श्रोतले जनाएको छ । घाइते यात्रुको भनाइलाई आधार मान्दा २२ जनाको सवार भएको र ६ जना अझै बेपत्ता भएको अनुमान छ । जिप सडक देखि करिब ५० मिटर तल भेरिमा डुबेको थियो ।
तस्बिर – टेकराज मल्ल
प्रतिक्रिया