चितवन, २८ बैशाख । नेपाली काँग्रेसका सभापती शेरवहादुर देउवाले कसैको भड्काउमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेस–माओवादी केन्द्रको चुनावी सभालाई भरतपुरमा आयोजित सभालाई सम्वोधन गर्दै देउवाले पोखरमा काँग्रसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गरेको वताए ।
यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा एउटै मञ्चमा उभिएर संयुक्त गठबन्धनलाई भोट मागेका छन् । भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् ।
कांग्रेसले मेयरमा माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले कांग्रेसकी पार्वती शाहलाई समर्थन गरेको छ । एमालेको तर्फबाट देवी ज्ञवाली मेयर पदको उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया