छोटे मु बडी वात्….


दीपेश केसी : देहरादुन, २९—३० चैत्र, २०७३ को पहिलो दिन । भारतलाई कोठामा बसेको हात्तीको संज्ञा दिदै यसलाई चिढ्याउने भन्दा मनाएमा खतरा नरहने बरु उल्टो लाभ लिन सकिने तर्क पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यले गरेपछि भारतीय सेनाका पूर्व जर्नेल आर.बी. शर्माले ड्रागन हात्तीभन्दा खतरनाक हुने बताएका थिए । नीति अनुसन्धान प्रतिष्ठान नेपाल र अन्तर्राष्ट्रिय सहयोग परिषद् भारत संयुक्त आयोजक रही नेपाल र भारतबीचको सुरक्षा मामला सम्बन्धिसम्पन्न सुरक्षा मामलाका जानकारहरू सहभागी दुई दिने गोष्ठीमा हात्तीको विषय उठ्दा ड्रागनको विषय उठ्नुबाट बुझ्न सकिन्थ्यो— भारतभित्र नेपालमा चीनको बढ्दो उपस्थितिप्रति शतर्कता बढेको छ ।

गोष्ठीको उद्घाटनमा उत्तराखण्डको मुख्यमन्त्री त्रीवेन्द्रसिंह रावतले पनि नेपालसँगको भारतको सदीऔं देखिको निकट सम्बन्धमा कुनै तेस्रो पक्ष आउन खोज्छ भने भारतलाई सह्य नहुने अभिव्यक्ति दिएका थिए । उनले कुनैपनि तेस्रो शक्तिको नाम तोकेर नबोलेपनि भारतीय मिडियाले चीनको नामै किटेर समाचार प्रकाशन र प्रसारण गरेको थियो । मिडियामा मात्र नभई राजनीतिज्ञ देखि सुरक्षा मामलाका जानकारहरूको अभिव्यक्तिलाई केलाउँदा भारतभित्र नेपालमा चीन हावी हुँदै गएको सन्देश प्रवाह भइरहेको स्पष्ट बुझ्न सकिन्थ्यो । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास, चिनियाँ सैन्य तहबाट बढ्दो नेपाल भ्रमणका अलावा भारतसँग परम्परागत सम्बन्ध राख्दै आएका प्रभावशाली नेताहरूको चीनप्रतिको निकटताका कारण पनि भारतभित्र नेपालमा चीन हावी हुँदै गएको मनोविज्ञान विकास भएको बुझ्न सकिन्छ ।

सैन्य तहमा चीनको नेपालसँगको सुदृढ सम्बन्धलाई ‘नाकाबन्दी’ पछिको घटनासँग जोडेर हेर्न सकिन्छ । नाकाबन्दीपछि नेपालमा भारतप्रति नकारात्मक धारणाले जर्बजस्त ठाउँ पायो । कुनैबेला नेपाली जनताका प्रीय बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘नाकाबन्दी’ पछि रातारात अलोकप्रीय भए । नेपालीहरूमा बिर्सनै कठिन नाकाबन्दीको पीडा मनभरी गड्यो । यतिसम्मकी केही प्रभावशाली नेताहरूले चीनतर्फ मुख फर्काए । तत्काल असम्भव भएपनि सम्झौताहरूलाई अगाडि बढाए । जसबाट भारत सशंकित भयो । चीनको नेपालमा बढ्दो चासो र भारतको क्रिया प्रतिक्रियाले कतै अर्को समस्या त ल्याउने होइन ? वर्तमानमा सोचनीय विषय बन्दै गएको छ ।

अहिले भारत र चीनबीच उत्तरपूर्वी भारतीय सीमा क्षेत्रहरूमा सैन्य उपस्थिति बढ्दै छ । दलाई लामाको उत्तरपूर्वी भारतीय राज्यहरूको भ्रमण रोक्न चीनको आग्रहको सम्बोधन नभएपछि तनाव झन् बढेर गयो । भारतले आफ्नो देशमा निर्वासन जीवन बिताएका व्यक्तिलाई रोक्न नसक्ने जवाफ दियो । दलाई लामाको सक्रियता बढिरहँदा चीनले दक्षिणी सीमामा सैन्य उपस्थिति बढाउँदै लग्यो ।

दुई देशबीच गतिरोध बढ्दा नेपाललाई समेत मुछ्ने प्रयास भइरहेको छ । तर, यी दुई शक्तिराष्ट्रको मामलामा नेपालले बोल्नु र भूमिका खेल्न खोज्नु सान्दर्भिक र राष्ट्रिय स्वार्थ अनुकूल हुँदैन । ड्रागन र हात्तीको बीचमा द्वन्द्व बढ्दा सानो बाछीको भूमिका दुईलाई मिलाउने वा झगडा रोक्नेभन्दा आफू कसरी जोगिनेमा हुन्छ । नेपालको हित दुई छिमेकीबीचको गतिरोधका बीच आफू कसरी नमुछिई सुरक्षित रहिरहनेमा नै छ ।

परिपक्व कुटनीति र त्यस्तै जवाफ दिन खप्पिस गिरिजाप्रसाद कोइरालाको भनाई उहाँ सान्दर्भिक छ । कुनैबेला भारत र पाकिस्तानबीचको गतिरोध मिलाउन नेपालले के भूमिका खेल्न सक्छ भनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बीबीसी अंग्रेजी सेवाको अन्तवार्तामा सोध्दा उनले भनेका थिए— छोटे मु बढी बात् ! सानो मुखले किन ठूलो कुरा गर्ने ?

कसबाट खतरा

दुई विशाल र अरबभन्दा बढी जनसंख्या रहेका देशहरूको बीचमा रहेको नेपालको भूराजनीति संवेदनशील मात्र छैन अवसरले पनि भरिएको छ । नेपालले आफूलाई छिमेकी वा अन्य शक्तिबाट भन्दा आफ्नै भूमिकाबाट सुरक्षा वा खतरा देख्दा उपयुक्त हुन्छ । नेपालले खेल्ने सही वा गलत भूमिकाले सुरक्षाको प्रत्याभूतिको समेत निक्र्यौल गर्छ ।

साना देशहरू समृद्ध र शक्तिशाली बन्दै जानु सहज र सुरक्षित छैन भन्ने कतारको घटनाले देखाइसकेको छ । अरब विश्वको सानो मुलुकले उल्लेख्य प्रगति गर्दा उसलाई आतंकवादी सघाएको आरोप मात्र लागेन नाकाबन्दी भोग्नुपर्ने अवस्था बन्यो । तीतो सत्य भनेको नेपाल मामलामा भारत र चीनको भूमिका उनीहरूको सामरिक स्वार्थसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएको हुन्छ ।

हामीले पनि हाम्रो राष्ट्रिय स्वार्थमा ध्यान दिने । दुई छिमेकीबीचको सम्बन्ध सामान्य बनोस् भनी कामना गर्ने हो । भारत र चीनबीच सीमामा तनाव भएपनि उनीहरूबीचको आर्थिक गतिविधि रोकिएको छैन । व्यापार चलेकै छ । यसतर्फ पनि ध्यान पु¥याउन जरूरी छ । यसलाई मध्यनजर गरेर हामीले दुई देशबीच प्रगाढ सम्बन्ध बनिरोस् भनी कामना गरिरहनुमा हाम्रो हित छ ।

 

Skip This

Omoda E5 Pro