जेनजी अभियन्ताद्वारा माइतीघरमा आत्मदाहको प्रयास


काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंको माइतीघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी जेनजी अभियन्ता लक्ष्मीदेवी बस्नेतले आत्मदाहको प्रयास गरेकी छन्।

मंगलबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम भइरहेका बेला बस्नेतले आत्मदाहको प्रयास गरेकी हुन्। घटनास्थलमा रहेका व्यक्ति तथा प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौका एसपी दान बहादुर थापाले जानकारी दिए । उनको शरीरको करिब १० प्रतिशत भाग जलेको छ।

वीर अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।