समानुपातिकमा ८३ हजार मतको अन्तरले एमाले अगाडि

0
Shares

काठमाडौँ, २९ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा ९एमाले०ले २९ लाख ४० हजार ४०, नेपाली काँग्रेसले २८ लाख ५७ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार, विवेकशील साझा पार्टीले एक लाख ९७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । रासस

Skip This

Omoda E5 Pro