पूर्वमन्त्री ढकाल र माल्दिप्सकी शिक्षा मन्त्री डा. शीहमबीच भेटवार्ता


माले, २१ पौष । तीन दिने माल्दिप्स भ्रमणमा रहेका पूर्वमन्त्री एकनाथ ढकालले माल्दिप्सकी शिक्षा मन्त्री डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गरेका छन्। माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भएको भेटमा सहभागी मनोज सुर्खेतीले जानकारी दिए।

पूर्वमन्त्री ढकालले नेपालमा भर्खरै सम्पन्न निर्बाचन र ताजा जनादेशको बारेमा जानकारी गराएका थिए भने मन्त्री ऐशाथ शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंशा गर्दै वाम प्रगीशील गठबन्धनले निर्बाचनमा प्राप्त गरेको सफलताको लागि बधाई दिदै ताजा जनादेश अनुसार गठन हुने नयाँ सरकारसँग मिलेर काम गर्ने बताएकी थिइन्।

आइएपिपी एशिया प्रशान्त क्षेत्रको अध्यक्षसमेत रहेका ढकालले सामुहिक मुद्दाहरुमा एशिया प्रशान्त क्षेत्रका सरकार तथा सांसदहरुबीचको सम्भावित सहकार्यको बारेमा पनि माल्दिप्सका मन्त्रीहरुको साथै सांसदहरुसँग छलफल गरेका थिए।

Skip This

Omoda E5 Pro