प्रधानसेनापति श्रीलंका प्रस्थान


काठमाडौँ, ३ माघ (रासस) : प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलंकाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आज साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभयो ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

श्रीलंका भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुनुहुनेछ ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।