घोषणापत्र अनुसार काम गर्ने थापाको प्रतिवद्धता


काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले विकास निर्माणको कामलाई तीव्रता दिन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएलगत्तै ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले बामगठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। त्यस क्रममा वरिष्ठ नेता थापाले समाजवाद निर्माणको आधार तयार पार्ने योजना पनि सुनाए।

पूर्व रक्षामन्त्री समेत रहेका थापाले मुलुकको गरिमालाई अझै उचाईमा पु¥याउने दायित्वपनि आफूहरुमाथि रहेको स्पष्ट पारे। थापा प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका हुन्। वरिष्ठ नेता थापालाई राष्ट्रियसभा अध्यक्ष रुपमा समेत चर्चा गर्न थालिएको छ।

Skip This

Omoda E5 Pro