ओली कांग्रेससँग एकाएक आक्रमक, कारण यस्तो छ


काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला आक्रमक बनेका छन् । कांग्रेसले सरकारप्रति अनर्गल प्रचार गरेको ओलीको गुनासो छ ।

स्रोतका अनुसार हिजो बसेको नेकपाको स्थायी समितिको बैठकमा प्रधानमन्त्रीले कांग्रेसले दिनदिनै सरकारबारे अनर्गल प्रचार गरेको गुनासो पोख्दै अब चुप लागेर नबस्ने धारणा राखेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘कांग्रेसले सरकारले राम्रो काम गरेको देख्न सकेन्, हामीलाई काम गर्न नदिने मनशाय बनायो, जे काम गर्दापनि अवरोध मात्रै गरेको छ, यो गलत प्रवृत्ति देखियो।’

कांग्रेसले विकास र समृद्धि नचाहेको पनि प्रधानमन्त्रीको गुनासो छ । आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारे नयाँ ढंगले अघि बढ्नुपर्ने पनि ओलीले पार्टीका नेताहरुलाई सुझाएका थिए । कांग्रेसले सरकारमाथि लगाएको आरोप र गलत प्रचारको अब सशक्त प्रचार गर्नुपर्ने ओलीको भनाई थियो ।

Skip This