दार्चुला जीप दुर्घटना : मृतक ११ जनाको नामावली


फागुन १८, काठमाण्डौ । शुक्रबार राति दार्चुलामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ ।

मुत्यु हुनेमा दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामी रहेका छन् । त्यस्तै दुहूँ गाउँपालिका– १ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धना बम र ५३ वर्षीया मानमती भट्टको निधन भएको छ ।

दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको पनि शव पहिचान भएको छ ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ ।
दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।