अर्थमन्त्री खतिवडाको दाबी : यो वर्षको आर्थिक बृद्धि ७ प्रतिशतले हुन्छ


काठमाडौं, २७ बैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको आर्थिक बृद्धि ७ प्रतिशतले हुने बताएका छन्। प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन्।

केही समय अघिमात्र केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक बृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो। तर खतिवडाले ७ प्रतिशत भनेको यो पनि विभागकै तथ्यांक हो। यसअघिका अर्थमन्त्रीले भन्ने र विभागले भन्ने एउटै तथ्यांक हुन्थ्यो तर यो पाली त्यस्तो भएन।

आजसम्म अर्थमन्त्री तथा सरकारले आर्थिक बृद्धिको आधारभुत मूल्याको अंकमा भन्ने गरेका थिए। जुन विभागले भनेको ६.८१ प्रतिशत हो। तर अर्थमन्त्री खतिडाले भने यो वर्ष आधरमूल्यमा कर जोडेपछि हुने उत्पादकको मूल्यमा भएको बृद्धिदरलाई उल्लेख गरेका हुन्।