पत्रकार तथा लेखक थपलिया पक्राउ


साउन २५, काठमाण्डौ । प्रहरीले लेखक तथा पत्रकार खेम थपलियालाई पक्राउ गरेको छ । बागबजारस्थित जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन् ।

प्रगतिशील लेखक संघ (प्रलेस)को काठमाडौं जिल्ला कार्यसमितिको बैठक चलिरहेको बेला थपलियालाई पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको विशेष ब्यूरोले थपलियालाई पक्राउ गरेको हो ।

थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्। यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञाप्ति जारी गरेका थिए। लामा पक्राउ परेपछि पनि थपलिया नियमित कार्यालय आउने गरेका थिए।

Skip This

Omoda E5 Pro