१७ कात्तिक, काठमाडौं । विवादमा परेका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार, उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् ।
तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी उनी विदामा बसेका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । अदालत प्रशासनका अनुसार ३० कार्तिकमा अदालत हाजिर हुनेगरी उनले बिदा लिएका हुन् ।
उच्चपदस्थ अधिकारीहरुसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो । त्यो विवरण सार्वजनिक भएपछि उनले आफूले सापकोटालाई भेटेका कारण विचाराधीन मुद्दा प्रभावित नभएको स्पष्टीकरण दिएका थिए ।




प्रतिक्रिया