नापीका सुब्बा घुस रकम सहित पक्राउ


महोत्तरी । महोत्तरीका नापी सर्वेक्षक मोहन यादव एक लाख पचास हजार घुससहित पक्राउ परेका छन् । उनलाई ४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

यादवले महोत्तरी जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सम्बन्धमा स्थलगत नापजाँच गरी घर नक्शा अनूसार नभएको विभिन्न बहाना बनाइ मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले पक्राउ गरेको हो । उनलाई उक्त रकम सहित जलेश्वर नगरपालिका वडा नं. २, खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Skip This

Omoda E5 Pro