नेपाल प्रहरीमा जागिर खुल्यो (दरखास्त फाराम पाउने स्थान र भर्ने तरिकासहित)


काठमाडौं । नेपाल प्रहरीमा पाँच पदमा ३८ सय ३१ दरबन्दीका लागि जागिर खुलेको छ । प्रहरीले ६ भदौमा सूचना प्रकाशित गरी दरखास्त आवेदन माग गरेको हो ।

कुल दरबन्दीमध्ये प्रहरी जवान (जनपद) तर्फ ३५९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) १८०, प्रहरी कार्यालय सहयोगी (हजाम) १०, प्रहरी कार्यालय सहयोगी (कुचिकार ) २०, प्रहरी कार्यालय सहयोगी (खेलाडी) २५ सिट रहेको छ । दरखास्त फारम ९ भाद्रदेखि १३ असोजसम्म भर्न सकिने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी जवानका लागि दरखास्त फाराम भर्न रु १५० बुझाउनुपर्ने उल्लेख । साथै एक भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि २० प्रतिशत का दरले थप दस्तुर लाग्नेछ ।

प्रहरी जवानका लागि १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्नेछ । त्यसैगरी प्रहरी कार्यालय सहयोगीका लागि १८ बर्ष पूरा भई २५ बर्ष ननाघेको हुनुपर्नेछ ।

फाराम वेवसाइट www.nepalpolice.gov.np बाट डाउनलोड गर्न सकिनेछ । उक्त वेवसाइटबाट डाउनलोड गरी आवश्यक कागजातहरु संलग्न राखी तोकिएको कार्यालयमा पेश गर्न सकिने प्रहरीले जनाएको छ । दरखास्त पेश र्दा सक्कल प्रमाणपत्रहरुका साथ सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने जनाइएको छ ।

दरखास्त फाराम पाइने र बुझाउने स्थानहरु

महानगरीय प्रहरी परिसर, काठमाडौं
महानगरीय प्रहरी परिसर, ललितपुर
महानगरीय प्रहरी परिसर, काठमडौं
प्रदेश प्रहरी तालिम केन्द्रहरु
सबै जिल्ला प्रहरी कार्यालय
राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान महाराजगञ्ज

Skip This

Omoda E5 Pro