दोलखाको कालिञ्चोक गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


दोलखा,२९ भदौ । कालिञ्चोक गाउँपालिका वडा नं. ६ मा रहेको लापिलाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ईलाका प्रहरी कार्यालय सिंगटी र कालिञ्चोक गाउँपालिकाको संयुक्त आयोजनामा शान्ति सुरक्षा लगायत विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम २७ भदौमा सम्पन्न भएको हो ।

उक्त गाउँपालिकाको संयुक्त आयोजनामा कालिञ्चोक गा.पा का उप–प्रमुख कालिका पाठक, ऐ.वडामा जनप्रतिनिधी, वडा स्तरिय मेलमिलाप सेवा केन्द्रका पदाधिकारी, जेष्ठ नागरिक, आमा समुह, महिला अधिकारकर्मी, सुरक्षा निकाय लगायत स्थानिय नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७० जनाको उपस्थिति रहेको प्रहरीले जनाएको छ ।

Skip This

Omoda E5 Pro