गोकुल बाँस्कोटाको दाबी : अब एमाले र माधव नेपाललाई सँगै हिडाउँन सकिँदैन्


काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले अब माधव नेपाल र एमालेलाई सँगै हिँडाउन नसकिने दाबी गरेका छन् । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवादका कारण उनले यस्तो आँकलन गरेका हुन् । नेपाल पक्षधर २२ जना सांसदले पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद्मा विश्वासको मत दिएका थिए ।

अहिले नेपाल पक्षलाई पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । जुन आज साँझ सकिँदैछ । यही सन्दर्भमा बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्-“अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।शुभरात्री !!!”

Skip This

Omoda E5 Pro