Logo

प्रचण्डको चार्तुयताले केन्द्र देखि प्रदेशहरुमा माओवादी शक्तिशाली



काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शक्ति ह्वात्तै बढेको छ । प्रतिनिधि सभामा तेस्रो ठूलो दल भएपनि उनी नेतृत्वको दल केन्द्र सरकारमा अर्थ र ऊर्जा जस्ता शक्तिशाली मन्त्रालय सम्हालिरहेको छ । ७ प्रदेशमध्ये २ प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । अब लुम्बिनी प्रदेशमा पनि माओवादी नेतृत्वकै सरकार गठन हुने निश्चितप्रायः छ ।

प्रदेश २ र गण्डकी प्रदेशमा मा पनि माओवादी सरकारमा छ । त्यहाँ उसका मन्त्रीहरु छन् । प्रदेश नं १ र बागमती प्रदेशबाहेकमा माओवादी शक्तिशाली छ । यी दुई प्रदेशमा पनि एमाले नेतृत्वको सरकार डगमगाइसकेकाले त्यहाँ पनि माओवादी शक्तिमा पुग्ने सम्भावना छ ।

\प्रचण्डकै चाहना अनुसार कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशमा नियुक्ति भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि प्रचण्डले कुलमानलाई निरन्तरता दिन खोजेका थिए । तर, उनी सफल भएनन् । अहिले ओली सरकार ढलेपछि प्रचण्ड महत्वपूर्ण निकायमा नियुक्तिहरुबाट शक्तिशाली बन्दैछन् ।

संविधानसभाको दोस्रो निर्वाचनबाट कमजोर बनेका प्रचण्डले त्यतिबेला पनि तेस्रो ठूलो दलको नेता हुँदाहुँदै धेरै लाभ लिन सकेका थिए । उनी त्यतिबेला प्रधानमन्त्री समेत बने । तर, माओवादीको अवस्था झन् कमजोर हुँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धन बनाएर स्थानीय निकायमा महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए ।

प्रचण्डले देउवासँगको गठबन्धन छाडेर ओलीलाई रोजे । ओलीसँगको गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरे । माओवादीले प्रत्यक्षतर्फ नेपाली काँग्रेसले भन्दा बढी सिटमा जित हासिल गर्न सक्यो । यसमा प्रचण्डको रणनीतिक चार्तुयता थियो ।

रणनीतिक चार्तुयताकै कारण प्रचण्ड फेरि शक्तिशाली बनेका छन् । केपी शर्मा ओलीले उनलाई निकै कमजोर बनाइसकेका थिए । प्रचण्डको राजनीतिक जीवन नै जोखिममा परेको थियो । तर, देउवालाई प्रधानमन्त्री बनाउन मनाएर उनले सफल हासिल गरे । अहिलेको सरकारमा उनी प्रभावशाली बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्