काँग्रेसलाई प्रजा परिषद हुनबाट जोगाउनुपर्छः सिंह


काठमाडौं, ९ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई प्रजा परिषद हुनबाट जोगाउन आफू नेतृत्वका लागि अगाडि बढ्ने बताएका छन् । उनले पार्टीलाई संगठित र मजबुत बनाउन आफू सक्षम भएको बताए ।

काठमाडौं महानगरपालिका वडा नं १७ द्वारा आयोजित शुभकामना कार्यक्रममा सिंहले भने, ‘काँग्रेसलाई प्रजा परिषद बन्न दिनुहुँदैन ।’ देशमा जनताले विश्वास गरेको पार्टी भएकाले काँग्रेसको भविष्यसँग देशको भविष्य पनि जोडिएको उनले बताए ।

पार्टी विधि र पद्धतिअनुसार चलाउनुपर्ने भन्दै संगठन कब्जा गर्ने नियतले मात्र अगाडि बढ्न खोजे परिणाम राम्रो नहुने स्पष्ट पारे । उनले भने, ‘खाली संगठन मात्र कब्जा गर्ने पार्टी कमजोर पार्ने क्रियाकलाप भइरहेको छ ।’

सिंहले काँग्रेसले हरेक जनआन्दोलन र परिवर्तनको नेतृत्व गरेको स्मरण गराए । शान्ति प्रक्रिया र संविधान लेखन पनि काँग्रेसको नेतृत्वमा भएको बताए ।-File Photo

Skip This

Omoda E5 Pro