देउवा र पौडेललाई राजनीतिबाट सन्यास लिन सिंहको सुझाव


काठमाडौं, १३ असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्य रहेको बताएका छन्। बुधबार कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सन्यास लिएर नयाँ नेतृत्वको ढोका खोल्न सुझाव समेत दिए ।

अरु क्षेत्रमा जस्तै निश्चित समय पछि राजनीतिमा सन्यास लिनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दा सम्म पद नछाड्ने नेताहरुको कार्यशैलीले जनता निरासा छाएको बताए। बहुदल आएपछि सबै पार्टी भित्र निश्चित नेताहरुले कब्जा जमाएको टिप्पणी गरे।

परिवर्तनको आभास हुन नसकेको प्रति कडा आपत्ति जनाउँदै अब पार्टी सभापति र वरिष्ठ नेतालगायतले सन्यास लिनुपर्ने सुझाव दिए ।

अर्को पुस्ता नेतृत्व लिन तयार भएर बसेको भन्दै आफू परिवर्तनको पक्षमा दृढताका साथ उभिने समेत बताए । नेपाली काँग्रेस सधै जनताका लागी काम गर्दै आईरहेको छ । तर, वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ ।’ नेता सिंहले भने, ‘पार्टी प्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’

उनले अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाई छ । उनले वर्तमान नेतृत्वलाई जनताले विश्वास गर्न छाडेको दाबी गरे । उनले आगामी महाधिबेशनमा कसैको प्रलोभनमा नपर्न समेत कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्य रहेको उनको भनाई छ ।

साथै नेता सिंहले पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्ने प्रयास गरेको भन्दै आफूहरुले त्यसो हुन नदिने बताए । पदमा जानको लागी तिव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा उनको भनाई छ । लोकतन्त्र र काँग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै नेता सिंहले पार्टी भित्र पनि लोकतन्त्रकोआन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।

Skip This

Omoda E5 Pro