कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो : गगन थापा


काठमाडौँ, १६ असोज। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिनै एक्लै बहुमत ल्याउने विश्वस व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।  १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने उनले बताए।

उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ।’-File Photo

Skip This

Omoda E5 Pro