आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?


काठमाडौं, मंसिर १० । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, रातीसम्म देशका पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Skip This