विष्णु रिमालको टिप्पणी:‘गठबन्धन’वालाहरू ‘घिउ बेचुवा र तरबार बेचुवा’जस्ता


काठमाडौँ, ९ फागुन। नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन कपटपूर्ण अभ्यासमा लागेको आरोप लगाएका छन् । अमेरिकी सहायता सम्झौता (एमसीसी) संसदमा टेलब गरिएको भोलिपल्ट आज (सोमबार) बिहानै उपमहासचिव रिमालले गठबन्धविरुद्ध कडा शब्दमा आक्रोश पोखेका हुन् ।

उनले एमसीसीका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) प्रतिपक्षी एमालेलाई देखाएर हावी हुन खोजेको टिप्पणी गरेका छन् ।

‘गठबन्धन’वालाहरू घिउ बेचुवा र तरबार बेचुवा’ जस्ता ! प्रधानमन्त्रीको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एकअर्कामाथि हावी हुने दाउमा छन’, रिमालले सामाजिक संजालमा भने, ‘क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने !’

प्रमुख प्रतिपक्षलाई विरोधमा उत्रिन बाध्य पारेको बताउँदै उनले गठबन्धन ‘चिची पनि मलाई, पापा पनि मलाई’को कपटपूर्ण अभ्यासमा रहेको आरोप पनि लगाएका छन् ।-File Photo

Skip This

Omoda E5 Pro