चुनावी तालमेलबारे प्रकाशमान सिंहले खुलाए तीन विकल्प


हेटौंडा, ७ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताएका छन् । काँग्रेस बागमती प्रदेशको भवन उदघाटन गर्दै उनले ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको खुलाएका हुन् ।

‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भनेका छन्,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’ प्रदेस नेताहरुलाई घरघर पुगेर जनताको मन जित्ने र कांग्रेस उमेदवार हरुलाई जिताउन लाग्न समेत जोड दिए ।

सिंहले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिनु पर्ने बताए । निर्वाचनमा आफूले चाहे जस्तो नतिजा नआएपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा अतिरञ्जित अभिव्यक्ति दिनु दुखद रहेको बताए।

पार्टीका केही नेताहरुमा राजनीतिक संस्कार नदेखिनु सिनियर नेताहरु माथि गालिगलोज मा उत्रिएर तालि खाने भाषण दिदै हिड्दा के यसले उनिहरुलाई राम्रो गरेको छ ? सिंहले प्रश्न गरे । अधिबेशन को बिषयलाई लियर केही जिम्मेवार नेताहरु सार्वजनिक र सामाजिक संजालको प्रयोग गरी गलत भ्रम फिजाउन लाग्नु कांग्रेसका लागि नराम्रो हुने बताए। अब सबैले पार्टीले हितमा राखेर विधि सम्वत पार्टी निर्णयमा जानुपर्ने बताए ।
कांग्रेसले जहिले पनि जनताको हित हुने काम गर्ने बताए । विद्धुत र सडकको लागी मात्र एमसीसी अनुदान लिएको उनको भनाइ थियो । गठबन्धनका केही दलहरू एमसीसीको बारेमा दोहोर चरित्र देखाएको आरोप लगाए ।

नेता सिंहले कांग्रेस जतिको भरोसाको पार्टी अरू नभएको बताए । ‘अरू पार्टीहरू सरकारमा बस्छ, एमसिसि ठिक छ भन्छन्, एमसीसीलाइ चिठि पनि लेख्छ अनि पास गर्ने बेलामा एमसिसि राष्टघाती छ भन्छन्,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बाँनियाले अब तेरो मेरो नभनी बिधान सम्वत रुपमा उमेदवार तय गरिने भन्दै आफूहरु अब बागमती प्रदेश का सबै उमेदवार हरुलाई जिताउन केन्दित हुने गरि लाग्ने बताए ।

Skip This

Omoda E5 Pro