समाजवादीका मन्त्री सोडारीको वडामा कांग्रेस विजयी


काठमाडौं, जेठ ४ । एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको वडामा नेपाली कांग्रेस विजयी भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका(५ को वडा अध्यक्षमा काँग्रेसका विष्णुप्रसाद भाट विजयी भएका हुन्। उनले ६४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका जंगबहादुर विकले ४५७ मत पाए। त्यस्तै, माओवादी केन्द्रका प्रकाश नेपालीले ३२८ र नेकपा एमालेका भरतबहादुर विश्वकर्माले २६६ मत पाएका छन्।

Skip This

Omoda E5 Pro