सिन्धुलीका १८ वर्षिय डोरबहादुर बने विश्वकै होचा किशोर


सिन्धुली, जेठ १२ । सिन्धुलीका एक किशोरले विश्वमै होचा व्यक्तिमा किर्तिमानी बनाएका छन्। यहाँको गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका १८ बर्षिय डोरबहादुर खपाङगीले विश्वमै होचा व्यक्तिको रुपमा किर्तिमानी बनाएका हुन्।

१८ बर्षिय डोरबहादुरको उचाई ७३ दशमलब ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशमलब ९ इन्च छ। डोरबहादुरले जिउदा होचा पुरुषमध्येकै संसारकै होचा व्यक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। विश्वकै होचा किशोर टिनएजर को रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डस उनले आफ्नो नाम लेखाउन सफल भएका हुन्।

संसारमै होचा बाच्ने पुरुषमा डोरबहादुर परेपछि गिनीजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउदै उनलाई काठमाण्डौमा एक कार्यक्रमका बिच प्रमाण पत्र दिइएको थियो। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro